काभा महिला भलिबलमा पुलिसले ताजकिस्तानको डाइमेडलाई हरायो
काठमाडाैं | असोज १, २०८१
माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।
माल्दिभ्सको मालेमा आज भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो ।
पुलिसले यसअघि पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलङ्काको श्रीलङ्कन एयर फोर्सलाई समान ३–० को सेटमा नै पराजित गरेको थियो ।
आजको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारयो । त्यसैगरी खेलको तेस्रो सेट २५–१५ ले जित्यो ।
यस जितसँगै पुलिसले ९ अङ्क जोडेको छ ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । उक्त प्रतियोगिताअन्र्गत पुलिसले यही असोज ३ गते माल्दिभ्सको क्लबसँग खेल्नेछ ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...
मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

